भन्सार विभागको रिपाेर्ट : वैदेशिक व्यापार बढ्यो
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म (९ महिना) मा १३ खर्ब ३७ अर्ब ७४ करोड बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड बराबरको वैदेशिक व्यपार भएको छ ।
जसअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्मा १५.२९ प्रतिशतले वैदेशिक व्यापार बढेको छ । चालु वर्षको कुल व्यापारमध्ये ११ अर्ब ४५ अर्ब ५६ करोड बराबरको आयात भएको छ भने १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
गत वर्ष १० खर्ब ३० अर्ब २ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो भने १ खर्ब ६१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । यसअनुसार गत वर्षको तुलनामा चालु वर्षमा ११ प्रतिशतले आयात बढेको छभने ५७ प्रतिशतले निर्यात बढेको छ ।
तर देशको व्यापार घाटा गत वर्षको तुलनामा चालु वर्षमा बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा पुगेको छ । गत वर्ष सोहि अवधिमा ९ खर्ब २९ अर्ब ६० करोड व्यापार घाटा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण