नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरा
काठमाडौँ । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको आयोजनामा चैत ८ र ९ गते हुने वोङ्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५ को तयारी पूरा भएको छ ।
आयोजकले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
प्रतियोगिता कामपा वडा नं. १६ कालधारा पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा पुरुष १३ र महिला ६ गरी कूल १९ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिता उद्घाटन चैत ८ गते शुक्रबार बिहान ८ बजे हुनेछ । सुरुमा खेलाडीहरुलाई प्रतियोगिताको स्वरुप बारे जानकारी गराइनेछ ।
त्यसपछि पुरुष र महिलाको क्वालिफिकेसन राउण्ड सञ्चालन हुनेछ । जसबाट पुरुष ८ र महिला ६ खेलाडी अन्तिम चरणमा छनोट गरिनेछ । दोस्रो दिन अन्तिम चरणका खेलहरु हुनेछ ।
पुरुष र महिला दुवैमा विजेताले नगद ५० हजार, उपविजेताले ३० तथा तेस्रो हुनेले २० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता स्पोर्ट क्लाम्बिङको अन्तर्राष्ट्रिय महासंघ आईएफएससीको नियम अनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले अर्थसम्बन्धी विभिन्न कानुन संशोधन र खारेज गर्दै, कुन–कुन ऐनमा कस्तो संशोधन ?
-
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
-
उपचारका क्रममा प्रहरी जवानको मृत्यु
-
बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
-
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण