कृषिमा प्रयोग हुने यन्त्र र उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था छैनः कृषि मन्त्री

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको बताएका छन् ।
नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौ वार्षिक साधारण सभमा मन्त्री अधिकारीले कृषिलाई यन्त्रीकरण गर्दै जानुपर्ने आवश्यकता रहेपनि त्यस्ता यन्त्र तथा उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको मन्त्री अधिकारीको भनाई थियो ।
हजारौ, लाखौ रुपैयाँ खर्च गरेर खरिद गरिएका मेसिन मर्मतका लागि किसानले धेरै खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै अब त्यो अवस्थाको अन्त्य गर्नेतर्फ लाग्नुपर्ने धारणा राखेका थिए ।
कृषि यान्त्रिकीकरणको प्रवद्र्धनमा व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको र अब यस्ता यन्त्र उपकरण स्वदेशमै वनाउन पहल गर्न व्यवसायीहरुलाई मन्त्री अधिकारीको आग्रह थियो ।
उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन र दीगो कृषि प्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिदै सरकार अघि वढेको र आधुनिक कृषि यन्त्र तथा उपकरणहरूमा अनुदानका कार्यक्रमहरु निरन्तर सञ्चालनमा ल्याएका कारण उत्पादन वृद्धि भएको दावी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
-
अरु प्रदेशको तुलनामा लुम्बिनीमा बजेट कार्यान्वयनको अवस्था सन्तोषजनक : अर्थमन्त्री कार्की
-
अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री
-
भारतबाट फर्कँदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीद्वारा पैसा असुली
-
फिलिपिन्समा आज मध्यावधि चुनावको मतदान, हिरासतबाट चुनाव लड्दैछन् पूर्वराष्ट्रपति
-
‘एल क्लासिको’ भिडन्त गुमाए पनि एमबाप्पेले ३२ वर्ष पुरानो कीर्तिमान तोडे