काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल
काठमाडौँ । चैत १५ मा गणतन्त्रको पक्ष र विपक्षमा काठमाडौँमा प्रदर्शन हुँदै छ । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्वमा पूर्व राजाका समर्थकले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् ।
आइतबार गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा चैत १५ मा हुने दुई वटा प्रदर्शनबारे छलफल भएको छ । समाजवादी मोर्चा र प्रसाईँको नेतृत्वमा हुने पुर्वराजा समर्थको प्रदर्शनमा देखिनसक्ने सुरक्षा चुनौतीबारे छलफल भएको बैठकमा सहभागी एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
केन्द्रीय सुरक्षा समिति बैठकमा गृहमन्त्री रमेश लेखक, गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी, आईजीपी दीपक थापा, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए ।
बैठकमा पूर्वराजा समर्थकहरुको गतिविधि, स्वर्गद्वारी पीडितहरूको प्रदर्शन र अस्थायी शिक्षकहरूले गर्ने भनिएको प्रदर्शनबारे छलफल भएको छ ।
‘स्वर्गद्वारी गुठी पीडित मोही किशान संर्घर्ष समिति’को प्रदर्शनलाई पनि केन्द्रीय सुरक्षा समितिले ‘सुरक्षा चुनौती’ भनेर विश्लेषण गरेको छ । फागुन १८ मा बानेश्वरको बेकरी क्याफे अगाडी झडप हुँदा ‘स्वर्गद्वारी गुठी पीडित मोही किशान संर्घर्ष समिति’का प्रदर्शनकारीले डीएसपी गंगा पौडेललाई आक्रमण गरेका थिए । आक्रमणबाट प्रहरी वृत्त सिंहदरबारका डीएसपी पौडेल घाइते भएका थिए ।
त्यसबेला पक्राउ परेका ५ महिला र ७ पुरुष माफी मागेर छुटेका छन् । प्युठानको स्वर्गद्वारी गुठीको नाममा दाङमा जग्गा छ । सो जग्गामा आफूहरूले खेतीपाती गरिरहेको हुनाले आफूहरूलाई मोहियानी हक दिनुपर्ने किशानहरुले माग राखेका छन् । उनीहरूले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण