इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणः हवल्दार पनि पक्राउ, अदालतमा मुद्दा दर्ता

काठमाडौँ। सशस्त्र प्रहरी बलमा कार्यरत इन्स्पेक्टर सन्तोषी महतलाई आत्महत्या दुरुत्साहन गर्न बाध्य पारेको आरोपमा हवल्दार पनि पक्राउ परेका छन् ।
पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा कार्यरत हवल्दार रेशम बहादुर शाहीलाई पनि पक्राउ गरिएको कास्कीका एसपी श्यामबाबु ओलियाले रातोपाटीलाई बताए । तालिम प्रशिक्षक समेत रहेका शाही चैत ६ मा पक्राउ परेका हुन् ।
इन्स्पेक्टर महत फागुन १० मा लामापाटनस्थित कार्यालयमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा यसअघि सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका थिए । जोशी तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत थिए । उनीहरूविरुद्ध अनुसन्धान पूरा गरेर सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरिएको एसपी ओलियाले बताए । उनले भने, ‘कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।’
घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । एकेडेमीका डीआईजी लक्ष्मण सिंह नेतृत्वको टोलीले त्यसबारे छानबिन गरिरहेको छ । महत सशस्त्र प्रहरी जवान र असई हुँदै उनि इन्स्पेक्टर भएकी थिइन् ।
यो पनि पढौँ
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु परिवर्तनबारे सामूहिक आवाज उठाउनुपर्छ – मन्त्री राणा
-
मन्त्रिपरिषद् बैठक सुरू,के गर्ला निर्णय ?
-
दोस्रो पटक म्याद थप्दा पनि टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण
-
सर्वसाधारणलाई बोलाएर गरियो ‘के घर के डेरा : घर नम्बर २’ को प्रिमियर, तस्बिरहरू
-
मतदाता नामावली : १९ हजारभन्दा बढी मतदाता थपिँदा अन्यमा घट्यो
-
‘नरसिंहाः अवतार’ को विदेशी बजारमा माग बढ्दो