कुलमान बर्खास्ती प्रकरण : प्रतिनिधिसभामा विपक्षीको अवरोध
काठमाडौँ । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बुधबारको सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले उठेर अवरोध गरेका हुन् ।
त्यसपछि सभामुख घिमिरेले माओवादी सांसद शक्ति बस्नेतलाई बोल्न समय दिए । बस्नेतले संख्याको बलमा जनताका आशा गुमाउन सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको बताए ।
विद्युत् बक्यौता उठाउन लाइन काट्न हुँदैन भन्ने मन्त्रीको आदेश नमानेकाले उनलाई पटक–पटक स्पष्टीकरण सोधेर हटाइएको बस्नेतले बताए ।
बस्नेतले दुई तिहाइको सामर्थ्य राख्ने सरकारले एक राष्ट्र सेवकको मानमर्दन गरेको बताए ।
४ महिनापछि स्वतः अवकाशमा जाने घिसिङलाई हटाएर किन सरकारले आफ्नो औचित्य गुमाइरहेको छ भन्दै प्रश्न गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई हटाएको कारण नदिएसम्म संसद् चल्न नसक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण