‘१० वर्षमा देश स्विट्जरल्याण्ड बनाउँछु भन्थे, अहिले युवा रोजीरोटीका लागि बिदेसिनुपर्ने बाध्यता छ’
काठमाडौँ । वर्तमान व्यवस्था विरोधी दल राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले २०६२/०६३ को जनआन्दोलनपछि नेताहरूले नेपाललाई १० वर्षमा स्विट्जरल्याण्ड र सिंगापुरजस्तो बनाउने भनेर झुट बोलेको बताएका छन् ।
विराटनगरमा राप्रपा नेपालद्वारा आयोजित मोटरसाइकल र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले अहिले युवाहरू सामान्य रोजीरोटीका लागि पनि बिदेसिनुपर्ने बाध्यता रहेको बताए ।
वर्तमान व्यवस्थामा जनताले कुनै परिवर्तनको आभास गर्न नपाएको जिकिर गर्दै उनले अब राजसंस्था पुनर्स्थापना जरुरी रहेको बताए ।
‘हाम्रो पार्टीले हिजो निर्णय गर्यो, हामी संयुक्त आन्दोलनको मोर्चामा सहभागी हुन्छौँ । १५ गते राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन्छौँ’, उनले भने, ‘अब परिवर्तन हुन्छ हुन्छ ।’
उनले अगाडि भने, ‘२०६२/०६३ को जनआन्दोलनपछि नयाँ नेपाल हुन्छ भनिएको थियो । १९ औँ शताब्दीको मार्क्सको नारा बोलेर १० वर्षमा देश सिंगापुर बनाउँछौँ भनेका थिए । अहिले सामान्य रोजीरोटीका लागि पनि विदेश जानुपर्ने अवस्था बनेको छ ।’
उनले अहिले जन्मिँदै नेपालीको थाप्लोमा ९१ हजार ऋण रहेको उल्लेख गर्दै सरकारले आर्थिक समृद्धिको सवालमा केही गर्न नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण