अब जे गर्ने हो काठमाडौँमै गर्ने होः राप्रपा महामन्त्री राणा
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले चैत १५ गतेदेखि काठमाडौंमा संयुक्त जनआन्दोलन हुने घोषणा गरेका छन् । उनले अब जे हुने काठमाडौंमा हुने भन्दै सबैलाई आन्दोलनमा सहभागी हुन पनि आव्हान गरे ।
विराटनगरको पुष्पलाल चोकबाट देशभक्त राष्ट्रवादी अभियानले गरेको मोटरसाइकल र्यालीको समापन गर्ने क्रममा उनले– गणतन्त्रको दिनगन्ती सुरु भएको बताए । उनले आन्दोलनको हावा चलेको अवस्थामै बाटो छोड्न गणतन्त्रवादी र संघीयतावादीलाई आग्रह गरे । त्यसो नगरे आँधीहुरी आउने र त्यो बंगलादेश र श्रीलंकाको जस्तै हुने चेतावनी पनि दिए ।
‘गणतन्त्र, संघीयता, भ्रष्टाचारीहरुको दिनगन्ती सुरु भइसक्यो । अब राजसंस्था आयो । राजावादी, राष्ट्रवादी, हिन्दुवादी, गणतन्त्र विरोधी, संघीयता विरोधी, भ्रष्टाचार विरोधीहरुलाई एकजुट हुन अनुरोध गर्दछु,’ राणाले भने– ‘देशमा परिवर्तनको हावा चलिसक्यो । यो हावा आँधीहुरीमा परिवर्तन हुनु अगाडि बाटो छोड हुन्छ । आँधीहुरी आयो भने बंगलादेश र श्रीलंकामा जस्तो नेपालमा होस् भन्ने हामी चाहँदैनौं ।’ उनले दमन गरेको खण्डमा जनताले आफ्नो निर्णय लिने पनि बताए ।
उनले भने– आफूहरू अहिंसाप्रेमी, हिन्दुवादी भएको बताउँदै बम हान्ने, अपहरण गर्ने काम नहुने टिप्पणी गर्दै जनताको बलमा राजासहितको हिन्दूअधिराज्य र प्रजातन्त्रसहितको व्यवस्था चाहेको दावी गरे ।
उनले राजसंस्था फर्काएर देशलाई विश्वको समृद्ध राष्ट्र बनाउने पनि दाबी गर्दै ‘१५ गते सुरु हुन लागेको संयुक्त जनआन्दोलनलाई साथ दिन र शान्तिपूर्ण आन्दोलन हुनेभएकाले सफल हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण