पूर्वराजालाई काठमाडौँ महानगरको पत्र
निर्मल निवासले बालेनको पत्र नबुझेपछि अर्को प्रक्रियामा जाने
आइतबार, १७ चैत २०८१, ११ : ३४
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवासको गेटबाटै फर्काइएपछि महानगरले अर्को प्रक्रिया अपनाएर पत्र बुझाउने भएको छ ।
आइतबार बिहान काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेपनि महानगरको टोलीलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो । काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले निर्मल निवासले पत्र बुझ्न नमानेपछि अर्को प्रक्रियामार्फत पत्र बुझाइने बताए ।
‘हुलाक लगायत अन्य प्रक्रियाबाट पत्र बुझाउँछौ’, प्रमुख पाण्डेको भनाइ छ । चैत १५ गते तीनकुने कोटेश्वर क्षेत्रमा राजावादीले गरेको प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना तोक्दै महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण