पूर्वराजालाई काठमाडौँ महानगरको पत्र
निर्मल निवासले बालेनको पत्र नबुझेपछि अर्को प्रक्रियामा जाने
आइतबार, १७ चैत २०८१, ११ : ३४
_ZTHlSouaH7.jpg)
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवासको गेटबाटै फर्काइएपछि महानगरले अर्को प्रक्रिया अपनाएर पत्र बुझाउने भएको छ ।
आइतबार बिहान काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेपनि महानगरको टोलीलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो । काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले निर्मल निवासले पत्र बुझ्न नमानेपछि अर्को प्रक्रियामार्फत पत्र बुझाइने बताए ।
‘हुलाक लगायत अन्य प्रक्रियाबाट पत्र बुझाउँछौ’, प्रमुख पाण्डेको भनाइ छ । चैत १५ गते तीनकुने कोटेश्वर क्षेत्रमा राजावादीले गरेको प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना तोक्दै महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी हुँदै छ शिक्षक र सरकारबिचको ९ बुँदे सहमति कार्यान्वयन
-
वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लागेपछि किसान उत्साहित
-
कक्षा १२ को परीक्षा सुरु, परीक्षा हलभित्र मोबाइल फोन र स्मार्ट घडी लैजान निषेध
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज
-
वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध