बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

राजेश हमालको गर्जनसँगै सकियो ‘नरसिंहा अवतार’को डबिङ

आइतबार, १७ चैत २०८१, १४ : ३६
आइतबार, १७ चैत २०८१

काठमाडौंँ । अभिनेता राजेश हमालले स्वर भरेसँगै फिल्म ‘नरसिंहा अवतार’को डबिङ सकिएको छ ।

फिल्मका निर्देशक दिवाकर भट्टराइले फिल्मको सबै डबिङ सकिएको बताए । अबको केही दिनमा फिल्म तयार हुने उनले जानकारी दिए । डबिङमा राजेश हमालले बोले, ‘के तपाईं मलाई वेबकुफ सम्झिनुहुन्छ या साँच्चिकै पागल ।’ डबिङ सकिएपछि हमालले फिल्मलाई लिएर निकै नै आशावादी र उत्साहित रहेको बताए । ‘दर्शकले मलाई यसपटक फरक अवतारमा देख्नुहुनेछ, दर्शकका लागि यो फिल्म सरप्राइज हुनेछ’, हमालले भने । 

निर्माण युनिट फिल्मको प्रदर्शन मितिसहित फस्टलुक सार्वजनिक गर्ने तरखरमा छ ।  फिल्ममा हमालका अलवा सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजीवजंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेललगायत कलाकारको अभिनय छ । 

राजु विक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बास्कोटा र अर्जुन पोखरेलको संगीत छ । 

दिवाकर भट्टराइकै लेखन रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ । फिल्ममा क्रियटिभ सिने आर्टस्का लागि निर्माता नेम महर्जन रहेका छन् । आठ वर्षपछि हमालले यो फिल्मबाट कमब्याक गर्दैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप