‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम
काठमाडौँ । पुरुषोत्तम बजगाईंको उपन्यास ‘नीलो प्रेम’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा स्रष्टा प्रा.डा कृष्णहरि बराल, राजुबाबु श्रेष्ठ, घनेन्द्र ओझा, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, लेखकका बुबा पं. उद्धव बजगाईँ, लेखककी जीवनसाथी सुजाता चम्लागाईंले संयुक्त उपन्यास सार्वजनिक गरे । उपन्यास इन्डिगो इन्कले प्रकाशन गरेको हो ।
कार्यक्रममा लेखक पुरुषोत्तम बजगाईंले आफूले देखे, सुनेका विषयलाई नै उपन्यासको रूप दिएको सुनाए ।
‘नीलो प्रेम’ विशेष गरी किशोर–किशोरीका प्रेममा केन्द्रित रहेको समीक्षक घनेन्द्र ओझाले बताए । उनले ‘नीलो प्रेम’ आदर्श प्रेमको पक्षमा देखिएको भन्दै उपन्यास विषयका हिसाबले सबै उमेर समूहका पाठकका लागि उपयुक्त रहेको धारणा राखे ।
प्रा. डा. कृष्णहरि बरालले उपन्यास लेखनका विविध सैद्धान्तिक पक्षको चर्चा गर्दै ‘नीलो प्रेम’ले उपन्यासका सीमा र मान्यतालाई आत्मसात् गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण