श्रीलंकामा मोदीले गरे रेलवे स्टेशनको उद्घाटन
कोलम्बो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी श्रीलंकाको तीन दिने भ्रमण पूरा गरी भारत फर्किएका छन् । आइतबार मोदीले अनुराधापुरामा महु ओमानथाई रेलवे लाइनको उद्घाटन गरेका थिए ।
उनले रेलको सिग्नल प्रणालीको शिलान्यास गरे । यस क्रममा मोदीले श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेसँगै रेलको उद्घाटन पनि गरे ।
यो रेलवे लाइन श्रीलंकाको माहो जिल्ला र ओमानथाई जिल्लाबिचको उत्तरी रेलवे लाइनको १२८ किलोमिटर लामो खण्ड हो । यो श्रीलंकाको कुरुनेगाला, अनुराधापुरा र वावुनिया जिल्लाहरू भएर गुड्छ ।
श्रीलंका सरकारले यस रेलवे लाइनलाई आधुनिकीकरण र सुधार गर्न धेरै परियोजनाहरू सुरु गरेको छ । भारतीय सार्वजनिक क्षेत्रको कम्पनी इर्काेन इन्टरनेशनल लिमिटेडले यस खण्डको विकासको काम गरिरहेको छ ।
यस परियोजनाका लागि भारतले ३१ करोड ८० लाख डलर अर्थात् २७ अर्ब २० करोड भारु ऋण दिएको छ । रेल्वेको उद्घाटन गर्नुअघि मोदी अनुराधापुराको जयश्री महाबोधि मन्दिर पनि पुगेका थिए ।
यहाँ उनले मन्दिरमा बौद्ध भिक्षुहरूलाई भेटे । यस क्रममा मोदीले मन्दिरका प्रमुख बौद्ध भिक्षुलाई उपहार पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण