श्रीलंकामा मोदीले गरे रेलवे स्टेशनको उद्घाटन

कोलम्बो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी श्रीलंकाको तीन दिने भ्रमण पूरा गरी भारत फर्किएका छन् । आइतबार मोदीले अनुराधापुरामा महु ओमानथाई रेलवे लाइनको उद्घाटन गरेका थिए ।
उनले रेलको सिग्नल प्रणालीको शिलान्यास गरे । यस क्रममा मोदीले श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेसँगै रेलको उद्घाटन पनि गरे ।
यो रेलवे लाइन श्रीलंकाको माहो जिल्ला र ओमानथाई जिल्लाबिचको उत्तरी रेलवे लाइनको १२८ किलोमिटर लामो खण्ड हो । यो श्रीलंकाको कुरुनेगाला, अनुराधापुरा र वावुनिया जिल्लाहरू भएर गुड्छ ।
श्रीलंका सरकारले यस रेलवे लाइनलाई आधुनिकीकरण र सुधार गर्न धेरै परियोजनाहरू सुरु गरेको छ । भारतीय सार्वजनिक क्षेत्रको कम्पनी इर्काेन इन्टरनेशनल लिमिटेडले यस खण्डको विकासको काम गरिरहेको छ ।
यस परियोजनाका लागि भारतले ३१ करोड ८० लाख डलर अर्थात् २७ अर्ब २० करोड भारु ऋण दिएको छ । रेल्वेको उद्घाटन गर्नुअघि मोदी अनुराधापुराको जयश्री महाबोधि मन्दिर पनि पुगेका थिए ।
यहाँ उनले मन्दिरमा बौद्ध भिक्षुहरूलाई भेटे । यस क्रममा मोदीले मन्दिरका प्रमुख बौद्ध भिक्षुलाई उपहार पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडा अध्यक्षलाई पूर्ववत जिम्मेवारी
-
चलचित्र ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक
-
कैलाली कारागारमा कैदीबन्दी मृत्यु प्रकरण : सई पक्राउ
-
प्रमुख तीन दलको बैठक स्थगित
-
मन्त्रीले आफ्नो वडा र टोलमा बजेट हाल्नु स्वाभाविक : सांसद ढकाल
-
जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकाेमा जिम्मा लिनुपर्छ : जनार्दन शर्मा