दुई बेलायती सांसदले इजरायलमा पाएनन् ‘इन्ट्री’
तेल अभिभ । इजरायलले दुई बेलायती सांसदलाई हिरासतमा लिएको छ । बेलायती मिडिया रिपोर्टका अनुसार सत्तारुढ लेबर पार्टीका सांसद युआन याङ र अब्तिसम मोहम्मद लन्डनबाट इजरायल गएका थिए ।
तर इजरायली अधिकारीहरूले उनीहरूलाई प्रवेशमा रोक लगाए । इजरायलले दुई बेलायती सांसदलाई पक्राउ गर्नु र उनीहरूलाई देश प्रवेश गर्नबाट रोक्नु अस्वीकार्य र गम्भीर चिन्ताको विषय भएको बेलायती विदेश मन्त्री डेभिड लामीले शनिबार भनेका छन् ।
‘इजरायली अधिकारीहरूले संसदीय प्रतिनिधिमण्डलको हिस्सा रहेका दुई ब्रिटिस सांसदहरूलाई हिरासतमा लिएर प्रवेश अस्वीकार गर्नु अस्वीकार्य, घृणित र गहिरो चिन्ताको विषय हो ।’
एक आधिकारिक विज्ञप्तिमा लामीले भनेका छन् । आफूले इजरायली सरकारका आफ्ना समकक्षीहरूलाई स्पष्ट रूपमा बेलायती सांसदहरूमाथि यस्तो व्यवहार स्वीकार्य नभएको बताएको पनि उनले भने ।
‘हामी दुवै सांसदहरूसँग सम्पर्कमा छौँ र उनीहरूलाई सबै सम्भव सहयोग प्रदान गरिरहेका छौँ ’ अझ अगाडि उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण