छैटौं दिनमा सकियो नेकपा एस मोरङको अधिबेशन, अध्यक्षमा दोहोरिए चन्द्रवीर
विराटनगर । गत मंगलबारदेखि सुरु भएको नेकपा एकीकृत समाजवादी मोरङको जिल्ला अधिवेशनले छैटौं दिन नयाँ नेतृत्व चयन गरेको छ । झण्डै एक हप्ता लगाएर नेतृत्व छान्दा पनि पदाधिकारी तथा सदस्य भने अपुरो नै छन् । प्रतिनिधिलाई घर पठाएर कोठाबाट नेतृत्व छानिएको थियो ।
पदाधिकारीमा धेरै आकांक्षी देखिएपछि नेकपा एस केन्द्रका पदाधिकारीहरु पार्टी कार्यालयमा बसेर पदाधिकारी छानेका थिए । उपाध्यक्ष जगन्नाथ खतिवडा, सचिव बलदेव चौधरीलगायतका नेताले पार्टी कार्यालयमा बसेर पदाधिकारी छानेका हुन् ।
छैटौं दिन लगाएर प्रतिनिधि छान्दा पनि एसले एक पदाधिकारी र केही सदस्य भने छान्न सकेको छैन । उनीहरुलाई जिल्ला कमिटीको बैठकबाट मनोनित गरिने एसका नेताहरुले बताएका छन् ।
अध्यक्षमा चन्द्रवीर राई पुनः दोहोरिएका छन् । यस अगाडि पनि राई अध्यक्ष नै थिए । दुई उपाध्यक्षमध्ये एक जना उपाध्यक्ष भने नेताहरुले बनाएका छन् । अध्यक्षमा चन्द्रवीर राई, उद्धव पोखरेल र दीपक ढकाल दाबी गरेपनि तीनै जना दाबेदारलाई अध्यक्ष र उपाध्यक्ष बनाउने सहमति नेताहरुले गरे पनि पोखरेलले उपाध्यक्ष बस्न नमानेपछि एक उपाध्यक्ष भने पछि छान्ने गरी जिल्ला कमिटी बनाइएको नेताहरुले बताएका छन् ।
अर्का उपाध्यक्षमा ढकाल भने सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा तुलसी ढकाल निर्वाचित भएका छन् । अधिवेशनले तीन नेतालाई उपसचिव बनाएको छ । भूपाल बस्नेत, ढक बहादुर राई र सुभद्रा राई उपसचिव बनेका छन् । नेकपा एसले कार्यकर्ता व्यवस्थापन गर्नका लागि भने केही पद नयाँ खडा गरेको छ । पदाधिकारी सरह नै रहने गरी प्रेम भारतीलाई कार्यालय सचिव बनाइएको छ । उनले सचिव पदमा उम्मेदवारी दिएका थिए । आर्थिक विभाग प्रमुखमा भने चन्द्र शर्मा पराजुली निर्वाचित भएका छन् ।
जिल्ला अधिवेशनले ९१ सदस्य निर्वाचित गर्नुपर्ने भएपनि ७७ सदस्य मात्रै छानेको छ । एक पदाधिकारीसहित १४ जना भने पछि मनोनित गरिने नेकपा एसले जनाएको छ । एमालेबाट फुटेर बनेको यो पार्टीको पहिलो जिल्ला अधिवेशन हो । नेकपा एमालेसँगै जोडेर एसले पनि नवौं जिल्ला अधिवेशन भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुमनुब्रीले ल्यायो ४६ करोडको बजेट
-
असारे रोपाइँ महोत्सव–२०८३ आयोजना गरिने
-
कास्कीको अन्नपूर्ण : १७ करोड विकास बजेट, साढे ११ करोड सडकमै
-
निर्वाचनअघि हलभित्रै छमछमी नाच्दै मन्त्रीदेखि पदाधिकारीसम्म, तस्बिरहरू
-
१० करोडले बढ्यो मनहरीको बजेट
-
हिजबुल्लाहद्वारा मार्चयता इजरायलमा ७ हजारभन्दा बढी रकेट र ड्रोन प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण