दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगताका लागि १२ खेलाडी चयन
सोमबार, २५ चैत २०८१, ०५ : ५८
काठमाडौँ । दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगताका लागि १२ खेलाडी चयन भएका छन् ।
अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको दुई दिने छनोट प्रतियोगिताबाट यु१९ मा ब्वाइजतर्फ प्रवेश बस्नेत, गनन्जय दाहाल र हिमाल विष्ट तथा गर्ल्समा इभाना थापा, बिका राई र योन्जी पौडेल चयन भए । पुरुषमा रुविन महर्जन र महिलामा दिया देउवा वैकल्पिकमा छन् ।
यसै गरी यु१५ उमेर समूहमा ब्वाइजमा प्रजित भट्टराई, ज्यस्नु महर्जन र आर्यन शाही तथा गर्ल्समा शुभश्री श्रेष्ठ, प्रजिना महर्जन र सुरम्या शाक्यले छनोट चरण पार गरे । पुरुषतर्फ रिजन शाक्य र महिलातर्फ सिर्या शाक्य वैकल्पिकमा छन् ।
दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगिता नेपालमै अप्रिल २४ देखि २७ तारिखसम्म हुँदैछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण