सेयर घट्दा पनि बढ्यो कारोबार, कति मूल्यको किनबेच भयो सेयर ?
बिहीबार, २८ चैत २०८१, १५ : २४

काठमाडौँ । साताको अन्तिम कारोबार सेयर बजार परिसूचक (नेप्से) ५.५७ अंकले घटेको छ । बिहिबार उक्त अंकले घट्दा नेप्से २६७०.७० विन्दूमा झरेको छ ।
बुधबार सेयरबजार परिसूचक (नेप्से) १३.९० अंकले बढेको थियो । उक्त अंकले वुद्धि हुँदा नेप्से २६८०.५२ विन्दूमा पुगेको थियो ।
साथै आज परिसूचक घटे पनि कारोबार भने बढेको छ । हिँजो परिसूचक बढे पनि कारोबारभने घटेको थियो । आज ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको सेयरकारोबार भएको छ । हिँजो ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका ११३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ वटा कम्पनीको घटेको छ । एउटा कम्पनीको स्थीर रहेको छ ।
आज विकास बैंक,हाइड्रोपावर,लघुवित्त र म्युचुअल फण्डको सेयर बढेको छ भने वाणिज्य बैंक सहकारी होटल व्यवसाय लगायत क्षेत्रको सेयर घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
‘काठमाडौँ फेसन वीक’सँग जोडियो नेक्स्ट मोडल्स नेपाल
-
त्रिचन्द्र क्याम्पसको सबलीकरण कछुवाको गतिमा (तस्बिरहरू)
-
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो