अझै समस्यामा समय, ‘इन्डियाज गट लेटेन्ट’ का सबै प्यानलहरूलाई बोलाइयो
मुम्बई । समय रैनाको कार्यक्रम इन्डियाज गट लेलेन्टमाथिको विवाद जारी छ। महाराष्ट्र साइबर सेलले फेरि एक पटक कार्यक्रमका सबै प्यानिलस्टहरू र होस्ट समयलाई सोधपुछको लागि बोलाएको हो।
साइबर सेलले कार्यक्रमको सामग्रीलाई अश्लील, अपमानजनक र समाजको लागि नराम्रो भनेको छ। कार्यक्रमविरुद्ध साइबर सेलमा उजुरी दर्ता गरिएको थियो। उजुरीमा कार्यक्रममा जाति, धर्म, लिङ्ग जस्ता संवेदनशील मुद्दाहरूमा आधारित शब्दहरू प्रयोग गरिएको आरोप लगाइएको छ ।
साथै कार्यक्रमको सामग्रीले युवाहरूलाई गलत सन्देश दिइरहेको र परिवारसँग हेर्नको लागि उपयुक्त नभएको जिकिर छ। साथै, कार्यक्रममा आमाबाबु र महिलाहरूको बारेमा अश्लील कुराहरू भनिएको थियो। कार्यक्रममा जानाजानी यस्तो सामग्री राखिएको उजुरीमा भनिएको छ ।
कार्यक्रममा सहभागी ५० भन्दा बढी पाहुनाहरूलाई नोटिस जारी गरिएको छ जसमा इन्डियाज गट लेटेन्ट शोका होस्ट समय रैना, प्यानलका सदस्य रणवीर इलाहाबादिया र अपूर्व मखिजा पनि समावेश छन्। यी सबै व्यक्तिहरूको भनाइ आपत्तिजनक पाइएको छ ।
आशिष चञ्चलानी र अपूर्व मखिजाले साइबर सेलमा आफ्नो बयान रेकर्ड गरेका छन्। यसैबिच, समय रैना र रणवीर इलाहाबादियालाई दुई पटक सोधपुछको लागि बोलाइएको थियो र उनीहरूको आधिकारिक बयान रेकर्ड गरिएको थियो।
यसअघि, रैनाले इन्डियाज गट लेटेन्ट शोसँग सम्बन्धित विषयमा महाराष्ट्र साइबर सेललाई दिएको बयानमा आफ्नो गल्ती स्वीकार गरेका थिए। रैनाले भनेका थिए- ‘शोको क्रममा जे भयो त्यसको लागि म माफी चाहन्छु। भविष्यमा यस्तो घटना फेरि नदोहोरियोस् भनेर म थप सावधानी अपनाउनेछु।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण