अमेरिकी हवाई आक्रमण र गाजा युद्धको विरोधमा यमनमा हजारौँको र्याली
साना । यमनमा अमेरिकी हवाई आक्रमण र गाजामा इजरायलको आक्रमणको विरोधमा यमनको राजधानी सानामा दशौं हजार यमनीहरूले सामूहिक र्याली निकालेका छन् । उत्तरी यमनको धेरैजसो भाग नियन्त्रण गर्ने हुथी नेता अब्दुलमलिक अल–हुथीले यो र्याली आह्वान गरेका थिए ।
बासिन्दा र हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार अमेरिकी सेनाले शहर र वरपरका धेरै स्थानहरूमा ११ वटा हवाई आक्रमण गरेको केही घण्टापछि मध्य सानाको अल–सबीन स्क्वायरमा र्याली आयोजना गरिएको थियो । र्यालीको क्रममा प्रदर्शनकारीहरूले यमन र प्यालेस्टाइनको झण्डा बोकेका थिए । अमेरिकी हवाई आक्रमणको निन्दा गर्दै नारा लगाएका थिए ।
उनीहरूले अन्तर्राष्ट्रिय समुदायलाई गाजामाथिको युद्ध अन्त्य गर्न र इजरायललाई अति आवश्यक खाद्यान्न र औषधिलाई क्षेत्रमा प्रवेश दिन दबाब दिन पनि आह्वान गरेका छन् ।
यमनमा, हुथी नियन्त्रित स्वास्थ्य अधिकारीहरूका अनुसार मार्चको मध्यदेखि राजधानी साना र अन्य धेरै उत्तरी प्रान्तहरूमा अमेरिकी हवाई आक्रमणमा हालसम्म १०७ भन्दा बढी यमनी नागरिकहरू मारिएका छन् । जसमा धेरैजसो बालबालिका र महिलाहरू छन् भने २२३ भन्दा बढी घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण