भाषा हराएमा समाज कमजोर हुनसक्छ : सभापति देउवा
सोमबार, ०१ वैशाख २०८२, १७ : ५१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा रहेका भाषाहरूलाई जोगाउँदै लैजानुपर्नेमा जोड दिएका छन् । विसुपर्वका अवसरमा देउडा समाजले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मुलुकमा बोलिने विभिन्न भाषाहरू हराउने अवस्थामा पुगेको भन्दै यसलाई जोगाउँदै लैजानुपर्नेमा जोड दिएका हुन् ।
उनले समुदायको भाषा हराउन थाले समुदाय र समाज कमजोर र विखण्डित हुने जिकिर गरे । सुदूरपश्चिमको भाषा हराउने अवस्थामा पुगेको भन्दै उनले भाषाको जगेर्नामा लाग्न देउडा समाजलाई सुझाव दिए ।
संसारभरका मान्छेहरू आफ्नो भाषा बचाउनका गम्भीर भएको अवस्थामा देशमा बोलिने भाषाहरूलाई पनि बचाउन लाग्नुपर्ने धारणा राखे । कार्यक्रमपछि सुदूरपश्चिम घर भई हाल काठमाडौँमा बस्दै आएका सुदूरपश्चिमबासीले देउडाखेल खेली हर्षोल्लासका साथ विसु पर्व मनाएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण