अमेरिकासँगको व्यापार युद्ध चर्किँदै गर्दा ५.४ प्रतिशतले बढ्यो चीनको अर्थतन्त्र
बुधबार, ०३ वैशाख २०८२, ०९ : ०५
बेइजिङ । यस वर्षको पहिलो त्रैमासमा चीनको अर्थतन्त्र ५ दशमलव ४ प्रतिशतले बढेको छ । त्यहाँको सरकारले बुधबार जारी गरेको तथ्याङ्कले यस्तो देखाएको हो । वृद्धिको यो दर अपेक्षा गरिएभन्दा धेरै हो । वर्षको जनवरीदेखि मार्चको बिचमा चिनियाँ अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले मात्रै बढ्ने अधिकांश अर्थशास्त्रीहरूको अनुमान थियो ।
चीन र अमेरिकाबिच व्यापार युद्ध भड्किँदै गइरहेकोले वर्षको बाँकी अवधिमा भने आर्थिक वृद्धिको परिदृश्य धूमिल देखिएको छ । पहिलो त्रैमासमा अमेरिकामा भित्रिने चिनियाँ सामानमाथिको अतिरिक्त भन्सार महसुल १० प्रतिशत थियो ।
दोस्रो त्रैमासको सुरुमा यो बढेर १४५ प्रतिशतमा पुगेको छ । यस्तोमा सरकारले पनि आर्थिक गतिविधिलाई प्रोत्साहन दिने र महँगीलाई भर्पाई गर्ने गरी थप स्टिमुलस कार्यक्रम ल्याउने दबाब बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण