१० बजे १० समाचार : २२ वर्षीय युवकले पारे एक करोड झ्वाम, पूर्व प्रदेश प्रमुख फरार

आज २०८२ वैशाख ३ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- छैन अश्रुग्याँस
उपत्यका र मुख्य सहरमा प्रदर्शन हुँदा हुलदंगा नियन्त्रण गर्न प्रहरीले मिति सकिएको अश्रुग्याँस प्रहार गरेको तथ्य बाहिरिन्छ । भिडमा प्रहार गरिएको अश्रुग्याँसको खोका देखाउँदै प्रदर्शनकारीले भन्ने गरेका छन्, ‘हाम्रो स्वास्थ्यमाथि खेलबाड गर्न मिल्छ ?’
- मधेस राजनीति
२०८१ मधेसकेन्द्रित राजनीतिक दलहरूका लागि सुखद रहेन । दलहरूको टुटफुटदेखि एकता र मोर्चाबन्दीसम्मका काम २०८१ मा भए ।
- प्रि–मनसुनमा हिउँदेबाली
सिराहा जिल्लाकी किसान मञ्जु कुमारी यादवले ए बिगाहा जमिनमा गहुँखेती गरेकी छिन् । तर पानी परेका पाकिसकेको गहुँ भित्र्याउन सकेकी छैनन् ।
- होमस्टेमा लगानी
आर्थिक वर्ष २०७५/०७६ मा स्याङ्जाको गल्याङ नगरपालिकामा मात्रै १७ वटा होमस्टेलाई गण्डकी प्रदेश सरकारले १ करोड ८० लाख रुपैयाँ अनुदान दियो । तीमध्ये अधिकांशले सामुदायिक भवन निर्माणमा बजेट खर्च गरे ।
- गभर्नर नियुक्तिमा हानथाप
चैत २४ देखि नेपाल राष्ट्र बैंक नेतृत्वविहीन बनेको छ । महाप्रसाद अधिकारीले गभर्नरबाट अवकाश लिएसँगै राष्ट्र बैंक नेतृत्वविहीन बन्न पुगेको हो ।
- उपकुलपति रिक्त
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि पाँच जना आकाङ्क्षी देखिएका छन् । हालका उपकुलपति प्राडा राजेश नाथ गोंगलको चार वर्षे कार्यकाल गत चैत २७ गते सकिएको थियो ।
- आईपीओ निष्कासन अझै अन्योल
संसद्को सार्वजनिक लेखा समितिले चैत ७ गते उजुरी छानबिनका लागि ७ वटा कार्यदल गठन गरेर प्रक्रिया अगाडि बढाएको छ ।
- न्यायालय
सर्वोच्च अदालतले ६० औँ पटकको पेसीमा मंगलबार ३ लाख ६६ हजार ३४३ सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारी ३ अर्ब ७९ करोड रुपैयाँ ठगी गर्ने युनिटी लाइफका सञ्चालकहरूलाई दोषी ठहर गर्यो ।
५२ संवैधानिक निकायको नियुक्ति प्रक्रियाविरुद्ध दायर मुद्दामा गत माघदेखि सुरू नियमित सुनुवाईअन्तर्गत बुधबार चौथो दिनको सुनुवाई भयो ।
गत कात्तिक ११ गते सर्वोच्च अदालतले बहुचर्चित कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट खारेज गर्दै आयोजना निर्माणको बाटो खोल्यो ।
- शिक्षक आन्दोलन
विगत १५ दिनदेखि आन्दोलनरत शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने बताएका छन् । विद्यालय शिक्षा ऐन लगेर मात्रै घर फर्किने बताएका हुन् ।
- अपराध
अदालतले पक्राउ अनुमति दिएसँगै मधेस प्रदेशका पूर्व प्रमुख राजेश (झा) अहिराज फरार छन् । फौजदारी कसुरमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको हो ।
ललितपुर महानगरपालिका–९, मंगलबजारस्थित खपिन्छेमा मृत भेटिएकी ११ वर्षीय दुर्गा बोहरालाई उनकै सहोदर दाजुले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
हजारौँ ईसेवा प्रयोगकर्ताको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते
-
ग्रे–लिष्टदेखि मर्जरसम्मका समस्या समाधानबारे राष्ट्र बैंकद्वारा गठित कार्यदलले माग्यो सुझाव
-
युके पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ
-
आरआर क्याम्पसको स्ववियुले पायो वैधानिकता
-
स्वास्थ्यमा उच्च तहकै कर्मचारीले टेरेनन् मन्त्रीको निर्देशन