मधेस प्रदेशका पूर्व प्रमुख राजेश अहिराजलाई लागेको आरोप के हो ?

काठमाडौँ । अदालतले पक्राउ अनुमति दिएसँगै मधेस प्रदेशका पूर्व प्रमुख राजेश (झा) अहिराज फरार छन् ।
फौजदारी कसुरमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको हो । चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको जिल्ला अदालत काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
उनीविरुद्ध युवतीलाई बलात्कार गरेको आरोप लागेको छ । २३ वर्षीया युवतीले उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी छन् । अहिराजले पीडितलाई काठमाडौँ स्थित उनको निवासमा गएर बलात्कार गरेको आरोप छ ।
पीडितको जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘जबरजस्ती करणीको जाहेरी दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको छ ।’
माघ २ मा महिला बालबालिका सेवा केन्द्रमा उनीविरुद्ध जाहेरी दर्ता भएको थियो । यसअघि कालीमाटीमा रहेको महिला बालबालिका सेवा केन्द्रको कार्यालय अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसरकै कार्यालयमा अवस्थित छ । झा २०७७ फागुन ७ मा मधेसको प्रदेश प्रमुख नियुक्त भएका थिए ।
यो पनि पढौं...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
आइतबार कस्ताे रहला तपाईँकाे दिन ? हेराैं आजकाे राशिफल
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
यस्ताे छ आज विदेशी मुद्राको विनिमयदर
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा