संवैधानिक नियुक्ति बहसले १६ मुद्दा हेर्न भ्याइएन, आइतबार पनि तोकियो पूर्ण इजलास
काठमाडौँ । ५२ संवैधानिक निकायको नियुक्ति प्रक्रियाविरुद्ध दायर मुद्दामा गत माघदेखि सुरू नियमित सुनुवाईअन्तर्गत बुधबार चौथो दिनको सुनुवाई भयो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
आज संवैधानिक इजलासअन्तर्गत दुईवटा पूर्ण इजलास तोकिएको थियो । पहिलोमा संवैधानिक नियुक्तिसँग सम्बन्धित रिटहरु मात्रै रहेकोमा दोस्रो १६ वटा मुद्दाको पेसी तोकिएको थियो । तर संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाईमा बहस नसकिएपछि दोस्रो इजलासका सबै मुद्दा हेर्न नभ्याइनेमा पठाइएको छ ।
दोस्रो इजलासमा उत्प्रेषण र उत्प्रेषण परमादेशसँग सम्बन्धित मुद्दाहरुको पेसी तोकिएको थियो ।
बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, अधिवक्ताहरू कीर्तिनाथ शर्मा, हर्कबहादुर रावललगायतले बहस गरेका थिए । रिट निवेदकको बहस सकिएपछि आजबाट सरकारी वकिलले बहस सुरु गरेका छन् ।
संवैधानिक नियुक्तिमाथिको अर्को सुनुवाईका लागि आइतबार ९वैशाख ७ गते० अर्को पेसी तोकिएको छ । सामान्यतया बुधबार र शुक्रबार मात्रै पूर्ण इजलास तोकिने गरेकोमा यसपालिका आइतबार पनि पूर्ण इजलासमा पेसी तोकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण