तीन दिन वर्षा हुने, बाली अहिले नकाट्न सुझाव
बुधबार, ०३ वैशाख २०८२, १८ : ४३
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । यो अवधिमा मुसुरो, गहुँ लगायतका बाली नकाट्न महाशाखाले किसानलाई सुझाइएको छ ।
मौसमविद् हरि प्रसाद दाहालले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको बताए ।
पछिल्लो हप्ता परेको पानीबाट प्रभावित गहुँ, मुसुरो खेतबाट पानी निकासको व्यवस्था गर्न, काट्न बाँकी रहेको भए एक–दुई दिन सुक्न दिन, काटिसकेको भए अग्लो/उकास ठाउँ अथवा शेडभित्र सुकाउन र काट्नैपर्ने भए मौसमको अवस्था हेरी खेतमा नछोड्ने गरी भित्र्याउन महाशाखाले सुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण