‘सिपाहीको कलमबाट अङ्क २’ पुस्तकबारे छलफल
काठमाडौँ । साहित्यकार उपरथी आशबाहदुर तामाङले रचना गरेको कविता, गीत गजल, लेखको सङ्ग्रह ‘सिपाहीको कलमबाट अङ्क २’ को विषयमा छलफल गरिएको छ ।
शुक्रबार बिजुलीबजारस्थित गीतकार सङ्घ नेपालको सभाहलमा आयोजना गरिएको ‘स्रष्टा र सिर्जना–चर्चा र परिचर्चा’ कार्यक्रममा पुर्व मन्त्री तथा गीतकार एसपी कोइरालाले गीतलाई समृद्ध बनाउन सबै क्षेत्रका मानिसले कलम चलाउनुपर्ने बताए ।
उनले भने,“हल्ला खल्ला गर्न नरुचाउने तथा आफ्नो सिर्जना बोलोस् भन्ने भाव भएको व्यक्तिको रुपमा मैले साहित्यकार तामाङलाई चिनेको छु । गीतसङ्गीत सिर्जना गर्न होस् वा साहित्यका लागि कोमल हृदय चाहिन्छ भनिन्छ तर विभिन्न पेसामा रहेर पनि काम गरिरहेकामध्ये एक उहाँ हुनुहुन्छ । उहाँ पेसाले भूतपूर्व सैनिक भएकाले पनि उहाँका साहित्य सिर्जनामा देशभाव पाइन्छ ।”
साहित्यकार तामाङले आफ्नो आमाबुवामार्फत साहित्यलाई बुझ्ने मौका पाएको बताए । “मैले मेरो अभिभावकबाट साहित्यलाई सिक्न पाएँ, मेरो इच्छा त्यहीँबाट बढेको हुनुपर्छ । म अगाडिको पुस्ता बुवाआमा र मपछिको पुस्ताले साहित्य र सङ्गीतलाई आत्मसात गर्नुभएको छ । आगामी दिनमा म यसलाई निरन्तरता नै दिनेछु”, उनले भने ।
उक्त कार्यक्रममा गीतकार आनन्द अधिकारीले साहित्यकार तामाङको व्यक्तिगत जीवनका बारेमा चर्चा गर्नुभएको थियो भने साहित्यकार बुलु मुकारुङले उहाँको सिर्जनाको विषयमा चर्चा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण