बद्रीनाथनजिकै आफ्नो नाममा मन्दिर रहेको उर्वशीको दाबीपछि हंगामा
मुम्बई । अभिनेत्री उर्वशी रौतेला आफ्नो आत्म मनोवृत्तिको लागि परिचित छिन्। यसै कारणले गर्दा ट्रोलिङ उनको जीवनशैलीको एक हिस्सा बनेको छ। हालै, अभिनेत्रीले बद्रीनाथ मन्दिर नजिकै उनको मन्दिर रहेको दाबी गरेकी थिइन्। अभिनेत्रीको यो भनाइबाट बद्रीनाथका पुजारीहरू आक्रोशित भएका छन्।
उर्वशी रौतेलाले दैनिक भास्करलाई दिएको अन्तर्वार्तामा उत्तराखण्डको प्रसिद्ध बद्रीनाथ मन्दिरबाट एक किलोमिटर टाढा उनको नाममा उर्वशी मन्दिर निर्माण गरिएको दाबी गरेकी थिइन्। उर्वशीले १०८ पीठहरूको मन्दिर आफ्नो भएको दाबी गरेकी थिइन्।
तर उनको यो बायनपछि बद्रीनाथसँग सम्बन्धित पुजारीहरू अभिनेत्रीसँग रिसाएका छन् । बद्रीनाथ धामका पूर्व पुजारी भुवन नौटियालले माँ उर्वशी मन्दिरमा स्थानीय भक्तजन आउने गरेको बताए । माता उर्वशी मन्दिरलाई भगवान शिवसँग सम्बन्धित मानिन्छ। उनले देवीको मन्दिरलाई कसैको नामसँग जोड्नु ठिक नभएको बताए।
उर्वशीको दाबीमा ब्रह्मकपाल तीर्थ पुरोहित समाजका अध्यक्ष अमित सतीले भने, ‘उर्वशीको बयानले हिन्दुहरूको भावनामा चोट पुगेको छ । उर्वशीले आफ्नो भनाइको लागि माफी माग्नुपर्छ, नत्र परिणाम भोग्न तयार रहनुपर्छ।’ यति मात्र होइन, यस अन्तर्वार्तामा उर्वशी रौतेलाले भनिन्, ‘गत डेढ वर्षमा मैले साउथका तीन ठुला सुपरस्टारहरू जस्तै चिरञ्जीवी, नन्दमुरी बालकृष्ण, पवन कल्याणसँग काम गरेकी छु। मेरो इच्छा छ कि अब मेरो मन्दिर दक्षिणमा पनि बनोस्। दिल्लीको हिन्दु कलेजमा विद्यार्थीहरूले मलाई दमदमी माईको रूपमा पूजा गर्छन्। यो वार्षिक पूजा हो जसमा विद्यार्थीहरूले मलाई छनोट गरे।’
माँ उर्वशी मन्दिर उत्तराखण्डको चमोली जिल्लाको बामनी गाउँमा अवस्थित छ। बद्रीनाथ धामबाट बामनी गाउँ लगभग एक किलोमिटर टाढा छ। बद्रीनाथ धाम आउने अधिकांश भक्तजनहरू यस मन्दिरको पनि दर्शन गर्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण