शिक्षक आन्दोलनका कारण परीक्षा स्थगित
आइतबार, ०७ वैशाख २०८२, २२ : २५
बैतडी । शिक्षकको आन्दोलनका कारण बैतडीको दोगडाकेदार गाउँपालिकाले परीक्षा स्थगित गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै यही वैशाख १२ गतेदेखि हुने भनिएको आधारभूत तह कक्षा ५ र ८ को ग्रेड वृद्धि परीक्षा स्थगित गरिएको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नन्दराज जोशीद्वारा जारी सूचनामा भनिएको छ, “शैक्षिक सत्र २०८१ को आधारभूत तह (कक्षा ५ र ८) को ग्रेड वृद्धि परीक्षा यही वैशाख १२ गतेदेखि सञ्चालन गर्ने भनी सूचना प्रकाशित गरिएकामा शिक्षक महासङ्घको आन्दोलनका कारण उक्त परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको छ ।”
वैशाख १२ गतेदेखि हुने भनिएको ग्रेड वृद्धि परीक्षा अनिश्चितकालका लागि स्थगित भएपछि विद्यार्थी मर्कामा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण