शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्

सोमबार, ०८ वैशाख २०८२, २२ : ४०
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । नेकपा एमालेका सांसद सुर्य थापाले विद्या भट्टराईले अनपेक्षित र असान्दर्भिक रुपमा शिक्षामन्त्रीबाट राजीनामा दिएको बताएका छन् ।

भट्टराईले राजीनामा दिएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले उक्त कुरा बताएका हुन् । साथै उनले भट्टराईको राजीनामा स्वीकृत नगर्न प्रधानमन्त्री केपी शर्मा ओेलीलाई आग्रह समेत गरेका छन् । 

उनले लेखेका छन्,‘शिक्षामन्त्री विद्या भट्टराईले आज पदबाट दिनुभएको राजीनामा अनपेक्षित र असान्दर्भिक हो। उहाँले राजीनामा दिनु जरूरी नै थिएन। मेरो सुझाव छ– उहाँको राजीनामा स्वीकृत नगरियोस्, ताकि संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथि ११० दफासम्म पुगेको छलफल यही रफ्तारमा अघि  बढ्न/बढाउन संभव हुनेछ !’

सोमबार शिक्षामन्त्री भट्टराईले प्रधानमन्त्री ओली समक्ष राजीनामा दिएकी थिइन् । 

याे पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप