अब आउने बजेट युवामैत्री हुनेछ : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताको दुष्चक्रले जनतालाई चिन्तित तुल्याएको बताएका छन् । साथै उने युवाहरूले विचारलाई एकीकृत गरेर आगामी निर्वाचनमा नेकपा एमालेलाई बहुमत दिलाए मात्र नेपालको राजनीतिक अस्थिरता हट्ने मुलुकको विकास हुने बताएका छन् ।
बिहीबार काठमाडौँको भृकुटी मण्डपमा पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसका अवसरमा भएको ‘यूथ सेलिब्रेशन’कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले कुनै पनि राष्ट्रको विकास र सम्मृद्धिका लागि भिजनरी नेतृत्व, स्ट्रङ पोलिटिकल पार्टी र स्थायित्व अनिवार्य भएको बताए ।
उनले अब नेपालमा युवाहरूले जनमत विभाजित गर्न नहुने तथा जनमत ध्रुवीकरण समेत गर्न नहुने बताए । ‘त्यसरी बलियो र राष्ट्रिय शक्तिको निर्माण गर्नुपर्छ । अब युवाहरूले धेरैतिर आफ्ना विचार छर्ने होइन । विचारलाई एकीकृत गर्नुपर्दछ र सङ्कल्पका आधारमा राष्ट्र निर्माणमा अघि बढ्नुपर्दछ’, पोखरेलले भने, ‘जसरी छिमेकीहरूले राजनीतिक स्थिरताको सुनिश्चित गरेका छन् ।’
युवाहरूको भविष्य सुरक्षित राख्न एमाले प्रतिबद्ध रहेको भन्दै पोखरेलले आउने बजेट र नीति कार्यक्रम युवामैत्री हुने दाबी गरे । पोखरेलले देश हितका निम्ति दरिलो ढङ्गले उभिने पार्टी एमाले भएको भन्दै राष्ट्रका समस्या पनि एमालेले नै सम्बोधन गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण