युएनका कर्मचारीको गोली हानी हत्या गरेको इजरायलद्वारा स्वीकार
तेल अभिभ । गत महिना गाजापट्टीमा संयुक्त राष्ट्रसंघका एक कर्मचारीलाई ट्याङ्कबाट चलाइएको गोली लागेर मृत्यु भएको इजरायली सेनाले स्वीकार गरेको छ ।
यो आक्रमणको जिम्मेवारी लिन पहिला सेनाले अस्वीकार गरेको थियो । तर, अब भने यो आक्रमण आफ्ना सेनाबाट भएको स्वीकार इजरायली सेना बलले गरेको छ । मार्च १९ मा देइर अल–बलाहमा रहेको यूएनको परिसरमा भएको आक्रमणमा यूएनका एक कर्मचारीको मृत्यु आईडीएफले उक्त स्थलमा कुनै पनि आक्रमण नगरेको भनेको थियो ।
घटनाको प्रारम्भिक अनुसन्धानबाट आफ्ना सैनिकहरूले गल्तीले भवनलाई ‘शत्रुको उपस्थिति’ ठानेर आक्रमण गरेको तर त्यहाँ यूएनका कर्मचारीको मृत्यु भएको देखाएको बिहीबार आईडीएफले भनेको छ ।
शत्रुको उपस्थितिको अनुमानका कारण भवनमा आक्रमण गरिएको अनि आफ्नो सेनाले यसलाई यूएनको भवनको रुपमा पहिचान नगरको पनि एउटा विज्ञप्तिमा आईडीएफले भनेको छ । गाजामा गत महिना १५ जना आपतकालीन कामदारहरूको भूलवस मृत्यु भएको यस हप्ताको सुरुमा आईडीएफले भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण