विमलराज र शान्तारानीको गीतमा नाचे हङकङबासी नेपाली

काठमाडौँ । चर्चित लोकदोहोरी गायक विमलराज क्षेत्री र गायिका शान्तारानी परियारले हङकङमा दर्शक नचाएका छन् । हङकङस्थित वान चाइको क्वीन एलिजावेथ स्टेडियम हलमा आयोजित ‘एभरेस्ट म्युजिक नाईट २०२५’मा उनीहरुले लोकप्रिय गीतसंगीत मार्फत दर्शक झुमाएका हुन् ।
आङबुहाङ सोसाइटी हङकङको प्रस्तुति र मिस नेपाल हङकङ तथा एभरेस्ट ग्रुपको संयुक्त आयोजना रहेको कार्यक्रम गायक एकदेब लिम्बु तथा उनको ब्यान्डको प्रस्तुतिसँगै लोकप्रिय नृत्य समुह ‘कार्टुन क्रु’का सरोज अधिकारी र आश्मा विश्वकर्माको जोडीको नृत्य, मोडल अलिशा शर्मा र उषा उप्रेतीको आकर्षक नृत्य र कमेडियन भरतमणि पौडेलको कमेडीको प्रस्तुति रहेको थियो ।
कार्यक्रमको विशेष आकर्षणको रूपमा नेपाली महिला राष्ट्रिय फुटबल टिमकी होनहार खेलाडी प्रीति राई बनिन् । उनलाई कार्यक्रममा ‘वर्ष खेलाडी’को उपाधिसहित विशेष सम्मान गरियो ।
नेपाल महावाणिज्य दूतावास, हङकङका कार्यबाहक प्रमुख कन्सुलर सतिस गुरुङ, मिस नेपाल हङकङका लोक आङबुहाङ लिम्बु र दिपेन लिम्बु तथा एभरेस्ट ग्रुपका महासचिव एवं कार्यक्रम निर्देशक मनिष कार्कीले उनलाई सम्मान गरेका थिए ।
कार्यक्रमले प्रवासी नेपालीबिचको एकता, सांस्कृतिक पहिचान र नेपाली भाषा, गीतसंगीतप्रतिको सम्मानलाई अझ सशक्त बनाउन पहल गर्ने कार्यक्रम निर्देशक कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण