भीरबाट लडेर दुई जनाको मृत्यु
डोल्पा । डोल्पामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको सुनछहरी गाउँपालिका–३ की अन्दाजी ३२ वर्षीया पार्वती घर्ती मगर र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३, का १८ वर्षीय किरण भण्डारी रहेका छन् ।
उनीहरूको ठुलोभेरी नगरपालिका–४, मा रहेको तिप्ला तातोपानी जोड्ने बाटोबाट लडेर मृत्यू भएको डोल्पा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी राजेश बस्नेतका अनुसार उनीहरू तिप्ला गाउँमा केही समयदेखि मजदुरी काम गर्दे आएका थिए ।
‘एक खानेपानी आयोजनमा काम गर्नुहुने रहेछ, नजिकै एक वडामा उहाँहरूको बसाइँ रहेछ,’ उनले भने, ‘वडामा रहेको सरसामान ल्याउन जाँदै गर्दा भीरबाट लडेको देखियो ।’ उनीहरू भीरबाट ५०० मिटर तल खसेको पनि उनले बताए ।
प्रहरीका अनुसार पहिला महिला चिप्लिएर लडेकी थिइन् । उनलाई बताउन भन्दै भण्डारी पनि जाँदा उनी पनि लडेका थिए । मृतक दुवै जनाको पोस्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण