आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियो आठौं नम्बरमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्स सातौं हार व्यहोर्दै पुछारमै थन्किएको छ । शुक्रबार राती भएको खेलमा पनि सनराइजर्स हैदरावादसँग ५ विकेटले पराजित हुँदै चेन्नई पुछार मै थन्किएको हो । हैदरावादले भने पुछारबाट दोस्रो स्थान छाडेको छ । उ ६ अंक जोड्दै एक स्थान माथि आठौं नम्बरमा उक्लिएको छ ।
टस हारेर पहिले व्याटिङको निम्तो पाएको चेन्नईल निर्धारित २० ओभरमा एक बल बाँकी छँदा अलआउट हुँदै १५४ रन बनायो । १५५ रनको चुनौति पछ्याएको हैदरावादले १८ ओभर ४ बलमा जम्मा ५ विकेट गुमाएर चुनौति पार गर्यो ।
चेन्नईका लागि डेवाल्ड ब्रेभिसले ४२ रन बनाए । आयुष म्हात्रेले ३० रन जोड्दा दीपक हुडाले २२ तथा रविन्द्र जडेजाले २१ रनको योगदान दिए । अन्य व्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । हैदरावादका हर्षल पटेल एक्लैले चार विकेट लिए । यस्तै, पट कमिन्स र जयदेव उनादकटले दुई–दुई विकेट हात पारे ।
चेन्नईको घरेलु मैदान एमए चिदम्बरम रंगशालामा भएको खेलमा हैदरावादका इशान किसनले सर्वाधिक ४४ रन बनाए । कामिन्दु मेन्डिसले अविजित ३२ रन बनाउँदा ट्रेभिस हेड, अनिकेत वर्मा र नीतिश कुमार रेड्डीले समान १९–१९ रनको योगदान दिए । चेन्नईका नूर अहमदले दुई विकेट लिँदा अन्य तीन बलरले एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण