भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
टक्सार । आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा आयोजक भोजपुर जिल्ला फुटबल सङ्घलाई हराउँदै भारतको जर्जियन फुटबल क्लब विजयी भएको छ । जर्जियन क्लबले आयोजकलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।
जर्जियन फुटबल क्लबका लागि वसन्त राई, नरजङ्ग लेप्चा र सिद्धान्त क्षेत्रीले एक एक गोल गरे । आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका लागि सन्तोष तामाङले सान्त्वना गोल गरे । प्रतियोगिताको म्यान आफ दी म्याच जर्जियनका वसन्त राई घोषित भए ।
यसअघि भोजपुर नगरपालिका–७ स्थित रङ्गशालामा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाशकुमार आलेले प्रतियोगिताको शुभारम्भ गरेका थिए । सोमबार एपिएफ क्लब र सलहेश फुटबल क्लब सिरहाबिच खेल हुने छ ।
यही वैशाख २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा भारतको जर्जियन फुटबल क्लब, भोजपुर जिल्ला फुटबल सङ्घ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बलको एपिएफ क्लब भगवती स्पोर्टस् क्लब खोटाङ, नमोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडौँ र एलएक्स सिटी मोरङले सहभागिता जनाएका छन् ।
जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार पाउने भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालले जानकारी दिए । सातौँ संस्करणमा चर्च व्वाइज युनाइटेड, काठमाडौँले त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटमा ४–२ गोलअन्तरले पराजित गर्दे उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण