शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आईपीएल

यो सिजन चम्केका ५ ओपनर जोडी

बिहीबार, १८ वैशाख २०८२, १७ : ००
बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को सिजनमा केही टोलीहरूले इनिङ्सको सुरुवातमा स्थिरतालाई प्राथमिकतामा राखेका छन् भने केहीले आक्रामक खेल प्रदर्शन गरिरहेका छन् । 

यसपटक सबै टोलीहरूले २० वटाभन्दा बढी ओपनिङ जोडीमाथि परीक्षण गरिसकेका छन् जसमा विदेशी खेलाडी र स्थापित घरेलु खेलाडीका साथै युवा खेलाडीहरूलाई अवसर दिइएको छ । 

यहाँ यो सिजन प्रतियोगिताको दुई तिहाइ भाग समाप्त भइसक्दा सफल देखिएका ५ ओपनिङ जोडीको चर्चा गरिएको छ ।

  • शुभमन गिली र साई सुदर्शन (गुजरात टाइटन्स)

रन : ५४१, इनिङ्स ९, औसत : ६०.११, रनरेटः ८.९४, ५० रनभन्दा बढीको साझेदारी : ५ पटक

गत वर्ष ऋद्धिमन शाहको अनुपस्थितिमा गुजरातले साई सुदर्शन र शुभमन गिलको ओपनिङ जोडीलाई परीक्षण गरेको थियो । र, त्यो परीक्षणले काम पनि गर्‍यो । जोडीले गत वर्ष खेलेका सबै तीन इनिङ्समा ५० रनभन्दा बढी जोडेको थियो ।

यो सिजन टोलीले त्यही कम्बिनेसनलाई निरन्तरता दिएको छ । यो सिजन पनि यो जोडी सफल साबित भएको छ । यो सिजन टोलीका लागि ओपनरहरूले लामो समयसम्म ब्याटिङ गर्ने क्षमता प्रदर्शन गरेका छन् । यसपटक मात्र १ पटकमात्र दुवै ओपनर १० ओभरभित्र आउट भएका छन् । 

यो जोडी अति आक्रामक नदेखिए पनि सन् २०२५ मा उनीहरूको संगति टोलीको सफलतामा सहयोगी बनेको छ ।

398242.4

  • विराट कोहली र फिल साल्ट (रोयल च्यालेन्जर्स बेंगलुरु)

रन : ३७६, इनिङ्स ९, औसत : ४१.७७, रनरेटः १०.३४, ५० रनभन्दा बढीको साझेदारी : ४ पटक

आईपीएल २०२५ को सिजनअघि बेंगलुरुले कप्तान तथा ओपनर फाफ डुप्लेसिसलाई रिलिज गरेर फिल साल्टमा ११.५ करोड भारु खर्च गरेको थियो । टोलीको लगानीले तत्कालै प्रतिफल दिएको छ ।

यो सिजनको पहिलो खेलमा नै कोलकाताले प्रस्तुत गरेको १ सय ७५ रनको लक्ष्य पछ्याउँदा साल्ट र विराट कोहलीको ओपनिङ जोडीले ५१ बलमा ९५ रन जोडेको थियो । 

दुई खेलाडीहरु बेलाबेला चाँडै आउट हुँदै छुटिए पनि यो टोलीले नियमित रूपमा आक्रामक सुरुवात दिलाउँदै टोलीलाई पावरप्लेमा बलियो स्थितिमा पुर्‍याउँदै आएका छन् ।

399895.4

  • प्रियांश आर्या र प्रभसिमरन सिंह  (पञ्जाब किंग्स)

रन : ३६०, इनिङ्स ९, औसत : ४०.००, रनरेटः १०.६९, ५० रनभन्दा बढीको साझेदारी : २ पटक

दुई अनक्याप्ड भारतीयहरु आईपीएलमा ओपनिङ जोडीका रूपमा आउनु भनेको आपत्कालको संकेत हुनेगर्छ । जस्तै, खेलाडी घाइते हुनु, फर्म नहुनु वा अन्तिम समयमा केही परिवर्तन हुनु ।

तर, पञ्जाब किंग्सले प्रभसिमरन सिंहलाई रिटेन गर्दै उनीमाथि भरोसा देखाएको छ । यता, प्रियांश आर्या भने आईपीएलमा डेब्यू गरिरहेका हुन् । उनीहरूको आक्रामक दृष्टिकोणले यो ओपनिङ जोडी बेलाबेला छोटो समयका लागि मात्र टिक्ने पनि गरेका छन् । 

तर, कोलकाताविरुद्धको खेलमा जोडीले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । इडेन गार्डन्सको मैदानमा जोडीले ७२ बलमा १२० रन जोडेको थियो । ढिलो गतिको पिचमा उनीहरूले आफ्नो इनिङ्सलाई बुद्धिमानी ढंगले अघि बढाएका थिए ।

398756.4

  • ऐडन मार्क्रम र मिचेल मार्स  (लखनउ सुपर जायन्ट्स)

रन : ३५३, इनिङ्स ९, औसत : ३९.२२, रनरेटः ८.७८, ५० रनभन्दा बढीको साझेदारी : ३ पटक

यो सिजन लखनउ आफ्नो ओपनिङ जोडीका रूपमा दुई विदेशी खेलाडीमा भर परेको छ । आईपीएलमा ओपनरको रूपमा मिचेल मार्ससँग धेरै अनुभव नभए पनि उनले पहिलो पाँच खेलमा पछिल्ला आठ अभियानमा प्रहार गरेका कूल अर्धशतकभन्दा बढी पनि बढी अर्धशतक प्रहार गरे ।

मार्क्रमलाई लय पक्रन केही समय लागे पनि उनले त्यसपछि ४ वटा अर्धशतक प्रहार गरिसकेका छन् । यो जोडीले टोलीको शीर्ष क्रममा विश्वसनीयता कायम गरेको छ ।

380596.4

  • अभिषेक शर्मा र ट्राभिस हेड  (सनराइजर्स हैदराबाद)

रन : ३१६, इनिङ्स ९, औसत : ३५.११, रनरेटः १०.८९, ५० रनभन्दा बढीको साझेदारी : २ पटक

‘ट्राभिषेक’ को जोडीले सन् २०२४ को आईपीएलमा हैदराबादको भाग्य चम्काएको थियो । यो सिजन पनि उनीहरूले त्यस्तै सुरुवात गर्दै पहिलो खेलमा १९ बलमा ४५ रन जोडे । 

तर, त्यसपछिका चार खेलमा भने विपक्षी टोलीले सुरुमा नै सफलता पाए । गत वर्षको फर्मको झल्को पञ्जाब किंग्सविरुद्धको खेलमा देखियो । २ सय ४६ रनको लक्ष्य पछ्याउँदा यो जोडीले मात्र ७५ बलमा १७१ रन जोडेको थियो । 

तर, यो सिजन टोलीले नियमित रूपमा प्रदर्शन गर्न भने सकेको छैन ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप