सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

औँला भाँचिएपछि सन्दीप शर्मा आईपीएलबाट बाहिरिए

शनिबार, २० वैशाख २०८२, ०९ : ३८
शनिबार, २० वैशाख २०८२

राजस्थान । राजस्थान रोयल्सका तीव्र गतिका बलर सन्दीप शर्मा चोटका कारण इन्डियन प्रिमियर लिग (आईपीएल)का बाँकी खेलहरूबाट बाहिरिएका छन्।

गुजरात टाइटन्स विरुद्धको खेलमा बलिङ गर्दा उनको हातमा चोट लागेको थियो। मेडिकल रिपोर्टमा उनको औँला भाँचिएको खुलासा भएको छ, जसका कारण उनले बाँकी खेलहरू खेल्ने छैनन्।

३१ वर्षीय सन्दीप अप्रिल २८ मा राजस्थानको घरेलु मैदानमा भएको खेलमा घाइते भएका थिए। शुभमन गिलको प्रहारमा आफ्नै बलमा फिल्डिङ गर्ने क्रममा उनी घाइते भएका थिए । फिजियोले उनको जाँच गरे पनि सन्दीप पभिलियन गएनन् र आफ्नो स्पेलको बाँकी ८ बल फ्याँके।

राजस्थानले भन्यो, ‘गुजरातविरुद्ध घाइते भए पनि सन्दीपले बलिङ गरे। फ्रान्चाइजीमा सबैजनाले उनको छिटो स्वास्थ्यलाभको कामना गरेका छन्।’ सन्दीपले यस सिजन १० खेलमा ९.८९ को इकोनोमीमा बलिङ गर्दै ९ विकेट लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप