ओरेन्ज र पर्पल क्यापको दौडमा गुजरातका खेलाडी अगाडि
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को २०२५ सिजनमा सर्वाधिक रन बनाउने खेलाडी र सबैभन्दा धेरै विकेट लिने खेलाडीको दौडमा गुजरात टाइटन्सका खेलाडीहरुले अग्रता बनाउन सफल भएका छन् ।
सबैभन्दा धेरै रन बनाउने खेलाडीलाई दिइने ओरेन्ज क्यापको दौडमा गुजरातका साई सुदर्शन शीर्ष स्थानमा रहेका छन् । उनी यो सिजन ५ सय रन बनाउने पहिलो खेलाडी हुन् ।
१० खेलमा उनले ५०.४० को औसतले ५०४ रन बनाएका छन् । उनले यसक्रममा ५ अर्धशतक बनाएका छन् । दोस्रो स्थानमा मुम्बई इन्डियन्सका सूर्यकुमार यादव छन् । उनले ११ खेलमा ६७.८६ को औसतले ४७५ रन जोडेका छन् । उनले ३ अर्धशतक बनाएका छन् ।
तेस्रो र चौथो स्थानमा पनि गुजरातकै खेलाडीहरु छन् । जोस बट्लरले १० खेलमा ५ अर्धशतकसहित ४७० रन बनाएका छन् । शुभमन गिलले समान खेलबाट ४६५ रन बनाएका छन् । उनले पनि ५ अर्धशतक हिर्काएका छन् । पाँचौँ स्थानमा रोयल च्यालेन्जर्स बेंगलुरुका विराट कोहली छन् । उनले १० खेलमा ४४३ रन बनाएका छन् । उनले ६३.२९ को औसतले ६ अर्धशतक प्रहार गरेका छन् ।
उता, सबैभन्दा धेरै विकेट लिने खेलाडीलाई दियने पर्पल क्यापको दौडमा पनि गुजरातकै प्रसिद्ध कृष्णले अग्रता बनाएका छन् । उनले १० खेलबाट १५.३६ को औसतले १९ विकेट लिएका छन् । दोस्रो स्थानमा बेंगलुरुका जोस हेजलवुड छन् । उनले १० खेलबाट १८ विकेट लिन सफल भएका छन् ।
तेस्रो स्थानमा मुम्बई इन्डियन्सका ट्रेन्ट बोल्ट छन् उनले ११ खेलबाट १६ विकेट हात पारेका छन् । चौथो र पाँचौँ स्थानमा चेन्नई सुपर किंग्लसका बलरहरु छन् । नुर अहमदले १० खेलबाट १५ विकेट तथा खलिल अहमदले समान खेलबाट १४ विकेट लिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण