ट्रम्प र किम पहिलोपटक भेट्दा जे देखियो (फोटो र भिडियोसहित)
डेली मेल
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीतको अभूतपूर्व शिखर बैठक सुरु भइसकेको छ । सिंगापुरको सेन्तोसा टापुस्थित पाँचतारे होटल क्याम्पेलामा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।
दुबैले एकअर्कासँग हात मिलाएर ऐतिहासिक भेटवार्ताको सुरुवात गरेका छन् । उक्त भेट ४५ मिनेटदेखि एक घण्टा लामो हुने अनुमान गरिएको छ । दुबै देशका अनुवादक पनि उक्त भेटमा उपस्थित हुनेछन् ।
ट्रम्पले भेटवार्ता अघि पत्रकारसँग कुरा गर्दै किमसँगको भेट एक सम्मान भएको बताएका छन् ।
‘मैले निकै राम्रो महसुस गरिरहेको छु, साँच्चै नै राम्रो,’ उनले भने । ‘हामी छालफल गर्दैछौं र यो अत्यधिक सफल हुन्छ भन्ने मलाई लागिरहेको छ । यो भेटवार्ता अत्यधिक सफल हुनेछ, र यो सम्मान हो । यसमा कुनै शंका छैन ।’
यता किमले अमेरिकी राष्ट्रपतिलाई भने, ‘यहाँ आउनु सजिलो थिएन । पूर्वाग्राह र पुराना परम्पराले हामीलाई अघि बढ्न रोकिरहेको थियो तर हामीले यसमा विजय प्राप्त गरेका छौं ।’
‘हो, यो सत्य हो,’ ट्रम्पले किमसँग हात मिलाउँदै जवाफ दिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण