मामाको हत्या गरेको अभियोगमा भान्जा पक्राउ
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका-३ रातामाटे बस्ने सिन्धुली फिक्कल गाउँपालिका-५ घर भएका ४५ वर्षीय सन्तोष माझीको हत्या गरेको अभियोगमा उनकै भान्जा नाता पर्ने युवक पक्राउ परेका छन् ।
सोही ठाउँ बस्ने २८ वर्षीय सुरज तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सुरजले फलामको पाइप प्रहार गर्दा सन्तोषको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
उता, मुगुको छाँयानाथ रारा नगरपालिका-१२ लुम्स गाउँ बस्ने ३६ वर्षीया दुर्गा ऐडीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीया बिमला बुढालाई जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । जग्गाको विषयलाई लिएर बिमलाले मंगलबार बिहान कुटपिट गर्दा गम्भीर घाइते भएकी दुर्गाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा थप उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण