जम्मू कश्मीरमा सेनाको गाडी खोँचमा खस्यो, तीन सैनिकको मृत्यु
आइतबार, २१ वैशाख २०८२, २० : ०६

काठमाडौँ । भारतको जम्मू कश्मीरको रामबनमा एउटा सैन्य गाडी ५०० मिटर गहिरो खोँचमा खसेको छ। यस दुर्घटनामा तीन सैनिकको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा नियन्त्रण गुमाएर कार खाल्डोमा खसेको देखिन्छ। रामबनका एसएसपी कुलवीर सिंहले समाचार एजेन्सी एएनआईलाई भने,‘एउटा धेरै दुर्भाग्यपूर्ण घटना भएको छ जसमा सेनाको गाडी, जुन कारकेडको हिस्सा थियो, चालकले नियन्त्रण गुमाउँदा लगभग ५०० मिटर गहिरो खोँचमा खसेको छ ।’
प्रहरीका अनुसार कारमा तीन जना सवार थिए र तीनै जनाको मृत्यु भएको छ । एसएसपी सिंहका अनुसार प्रारम्भिक अनुसन्धानमा प्रहरीले नट–बोल्ट फेला पारेको छ, जुन कारको स्टेयरिङको हुन सक्छ ।
यद्यपि, दुर्घटनाको सही कारण अनुसन्धान पछि मात्र थाहा हुने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार