बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका प्रचण्डले सांसदहरूलाई बोलाए खुमलटार

आइतबार, २१ वैशाख २०८२, २० : १९
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । सुदूरपश्चिम नेकपा माओवादी केन्द्र संसदीय दलको विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूलाई काठमाडौँ बोलाएका छन् ।

पार्टीको निर्देशन पटक पटक उल्लङ्घन भएपछि विवाद समाधानका लागि प्रचण्डले फेरि संसदीय दललाई बोलाएका हुन् ।  विवाद समाधानका लागि छलफल गर्न अध्यक्ष प्रचण्डले सांसदहरूलाई बोलाएको नेता खगराज भट्टले बताए । उनका अनुसार छलफलका लागि २४ गते बिहान खुमलटार बोलाइएको छ । 

‘पार्टीको निर्देशन कार्यान्वयन भएको छैन । अध्यक्षले म मिलाउँछु भन्नू भएको छ । विवाद समाधानका लागि संसदीय दललाई बोलाएको भन्ने सुनेको छु । विवाद समाधान हुनेमा म आशावादी छु । यसलाई सकारात्मक रूपमा लिनुपर्छ’,उनले भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप