सीता महोत्सवमा सार्वजनिक विदा दिन माग
सोमबार, २२ वैशाख २०८२, ११ : ४७
काठमाडौँ । सांसद रामकृष्ण यादवले सीता महोत्सवका अवसरमा सार्वजनिक बिदा दिन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यादवले सीता जन्मोत्सवको अवसरमा सार्वजनिक बिदा दिन माग गरेका हुन् ।
यस वर्ष वैशाख २३ गते सीता महोत्सव परेको छ । ‘नेपाललाई सीताको देश भनेर चिनिन्छ। सीता माता नेपालकी सुपुत्री हुन्।
धैर्य र सहनशीलताको प्रतिमूर्ति हुन्। सनातन धर्मावलम्बीको पूजनीय श्री जानकी माताको जन्मोत्सव भोलि वैशाख २३ गते हो। यसैले महोत्सवका दिन सार्वजनिक बिदा दिन नेपाल सरकार गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु,’ यादवको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण