सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शान्तिश्री परियारको नयाँ गीत ‘वनको तरुल’ सार्वजनिक

सोमबार, २२ वैशाख २०८२, १३ : ४०
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियार र गायक विवेक खत्रीको स्वरमा रहेको नयाँ गीत ‘वनको तरुल’ सार्वजनिक गरिएको छ ।

नेपाली लोकसंगीतको मौलिकतालाई कायम राख्दै नयाँ पुस्ताको रुचि अनुसार आधुनिक शैलीमा तयार गीतमा विक्रम बाबु विश्वकर्माको शब्द  तथा संगीत छ । गीतको एरेन्ज विश्वास नेपालले गरेका हुन् ।

गीतको भिडियो पनि बनेको छ । शरद एलजी, गोविन्द विवश र कृपा पौडेलको अभिनय रहेको भिडियोमा कमल भक्तको कोरियोग्राफी तथा निर्देशन छ । सुनिल भण्डारीको छायाङ्कन रहेका भिडियोमा नवीन घर्तीमगरको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप