रवीन्द्र मिश्र लगायतको रिहाइ माग गर्दै रिले अनसन, डा.लोहनीको ऐक्यबद्धता
ललितपुर । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र लगायत आस्थाका बन्दीहरुको बिना सर्त रिहाइ माग गर्दै जारी रहेको रिले अनसनको चौथो दिनमा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अनसनप्रति ऐक्यबद्धता जनाएका छन् ।
’विश्वव्यापी रुपमा स्थापित मानव अधिकार, चित्त नबुझेको कुरा अभिव्यक्त गर्ने, फरक मत राख्ने नागरिकको अधिकार प्रजातन्त्रमा सुनिश्चित हुन्छ। तर सरकार जनताको अधिकार कुचलेर शान्तिपूर्ण कार्यमा लागेका नागरिकलाई झुटा मुद्दा लगाएर, अनावश्यक म्याद थपेर दुख दिन तल्लिन छ, जो निन्दनीय छ। सरकारले रवीन्द्र मिश्र लगायत सबैको तत्काल रिहाइ गर्नुपर्दछ,’ नेता लोहनीले अनसनस्थल जावलाखेल पुगेर सोमबार भने ।
ललितपुरबासीले आयोजना गरेको रिले अनसनमा आस्थाका बन्दीहरुको रिहाइ हुनुपर्दछ, मानव अधिकारको सम्मान हुनुपर्दछ भन्दै ऐक्यवद्धता जनाउनेहरुको संख्या बढीरहेको छ ।
आयोजकले जनाए अनुसार, सरकारले झुटा मुद्दामा थुनामा राखेको आस्थाका बन्दी नछुटेसम्म अनसन जारी रहने छ ।
अनसनको माग निम्न छन्, आस्थाका बन्दी रिहाइ गर, मानव अधिकारको सम्मान गर, हिन्दु अधिराज्य कायम गर, राजसंस्था पुनस्थापना गर । यसैगरी अनसनमा तीनकुने घटनामा मारिएका सुरेश रजक र सविन महर्जन प्रति हार्दिक श्रद्धान्जली तथा परिवारमा समवेदना प्रकट गरिएको छ ।
झुटा मुद्दामा सरकारले राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र लगायतलाई फसाउन खोजेको अनसनकारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपबाट बाहिरिएसँगै कार्लोसले दिए घानाको मुख्य प्रशिक्षक पदबाट राजीनामा
-
अघिल्लो सरकारले स्थगित गरेको फुल अडिट स्वर्णिमले किन ब्युँत्याए ?
-
पोखरा–दुबई हवाई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबिच छलफल
-
बागलुङमा ७९ लाखको लागतमा स्वास्थ्यचौकी भवन तयार
-
इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टि : नयाँ उत्तराधिकारी मोज्तबा अनुपस्थित
-
भारी वर्षा र चट्याङको त्रास : इंग्ल्याण्ड र मेक्सिकोको भिडन्त प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण