गैरआवासीय नेपालीका अधिकार सुनिश्चित गरी राष्ट्रनिर्माणमा योगदान उपयोग गर्न प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा सम्बोधन गर्दै गैरआवासीय नेपालीहरूलाई व्यवहारिक रूपमा नागरिक अधिकार सुनिश्चित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रचण्डले पूर्वप्रधानमन्त्रीको हैसियतमा आफ्नो कार्यकालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने कार्य प्रारम्भ गरिएको स्मरण गराउँदै हालसम्म ती अधिकार व्यवहारमा लागू हुन नसकेकोप्रति गहिरो चिन्ता व्यक्त गरे ।
उनको भनाइमा, “हातमा नेपाली नागरिकता हुँदाहुँदै पनि विदेशी पासपोर्टमा भिसा लिएर नेपाल आउनुपर्ने बाध्यता अत्यन्तै विडम्बनापूर्ण स्थिति हो।” यस प्रकारको अवस्थालाई गम्भीरतापूर्वक लिई गैरआवासीय नेपालीहरूले अधिकारपूर्ण ढंगले मातृभूमिसँगको सम्बन्ध निभाउन सक्ने वातावरण सृजना गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
उनले गैरआवासीय नेपालीहरूका सीप, दक्षता र क्षमतालाई राष्ट्रनिर्माणमा सदुपयोग गर्न सकिने गरी स्पष्ट र प्रभावकारी नीतिगत संरचना निर्माण गर्न अनुरोध गरे। यसमार्फत देशको आर्थिक, सामाजिक तथा प्राविधिक विकासमा विश्वभर फैलिएका नेपालीहरूको योगदानलाई संस्थागत रूपमा समेट्न सकिने सम्भावना रहेको उनको विश्वास थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिनुहुँदैन : सभापति देउवा
-
शहिद लखन गाउँपालिकाले दियाे उत्कृष्ट वडालाई ५ लाख पुरस्कार
-
सङ्घीयता सुदृढीकरणका लागि अन्तर प्रदेश सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य
-
न्याय परिषद् नियमावली संशोधनविरूद्ध सर्वोच्चमा रिट
-
ओडिसा नेपाली छात्राको मृत्यु प्रकरण: सत्य तथ्य सार्वजनिक गर्न समितिको निर्देशन
-
वर्तमान सरकार मुलुकको लागि बोझ भयो, विकल्प खोज्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल