गोदावरीमा विज्ञान तथा प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सुरु

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नेपाल (नास्ट) र असंलग्न तथा अन्य विकासशील देशहरूको विज्ञान तथा प्रविधि केन्द्रको संयुक्त आयोजनामा ‘विज्ञान र प्रविधि सूचना व्यवस्थापन प्रणाली: अभ्यास र अनुभवहरू’ विषयमा ३ दिने अन्तर्राष्ट्रिय कार्यशाला ललितपुरको गोदावरीमा बुधवारबाट सुरु भएको छ।
कार्यशालाको उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाल र नेपालजस्ता देशहरूमा विज्ञान तथा प्रविधिको महत्त्व बढ्दै गएको र सरकारले पनि सोही अनुसार काम गर्नुपर्ने बताए ।
आजको विज्ञान तथा विज्ञानसम्बन्धी अध्ययन अनुसन्धान देश र जनताको पक्षमा हुनुपर्ने धारणा राख्दै कतिपय समस्याहरू हाम्रो नियन्त्रण भन्दा बाहिर रहेको पनि बताए । ‘जलवायु परिवर्तन हाम्रो कन्ट्रोलभन्दा बाहिर छ, राम्रो वैज्ञानिकलाई देशमा राख्न सक्दैनौ, अझ राम्रो युवालाई नै देशमा राख्न सक्दैनौँ’ उनले भने।
कार्यक्रममा बोल्दै नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालले उक्त कार्यक्रम विज्ञान तथा प्रविधिको क्षेत्रमा विकासशील देशहरूमा भएका साझा समस्या पहिचान गर्न तथा तथ्याङ्कको सामूहिक उपयोगिताको बारेमा छलफल गर्न महत्त्वपूर्ण भएको बताए ।
नास्टका उपकुलपति प्राध्यापक डा.दिलीप सुब्बाले कार्यक्रममा आयोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सक्रिय सहभागिता जनाउन सम्पूर्ण सहभागीहरूलाई अनुरोध गरे ।
नेपालमा यस्ता कार्यक्रम हुनु आफैँमा राम्रो भएको र नेपाली वैज्ञानिकहरूले आफूले अध्ययन गरेको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय विज्ञहरूसँग प्रत्यक्ष रूपमा छलफल गर्न र अन्य अवसरहरूको बारेमा जानकारी लिन सक्ने सहभागीमध्येका नास्टका भूकम्पविद् डा.शिव सुवेदीले बताए ।
उक्त कार्यक्रममा ८ देशका ३५ जना वैज्ञानिकहरूले आफ्ना कार्यपत्रहरू प्रस्तुत गर्दैछन् भने १४५ जनाले सहभागिता जनाएका छन्। कार्यशाला शुक्रबारसम्म चल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटीकर्मी शाही सम्मानित
-
हावाहुरीका कारण फेवातालमा पल्टिएको डुङ्गामा सवार सबैको उद्धार, एक जनाको उपचार हुँदै
-
तीनकुने घटना : मिश्र र प्रसाईँसहित २४ जनालाई ५ दिन म्याद थप
-
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरूद्ध न्याय परिषद्मा उजुरी
-
काठमाडौँ महानगरले गर्यो अस्पताललाई ५० हजार जरिवाना
-
राष्ट्रिय गौरवका आयोजना नीति तथा कार्यक्रममा किन समेटिएन ?