बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरूद्ध न्याय परिषद्‌मा उजुरी

बिहीबार, २५ वैशाख २०८२, १८ : ११
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध न्याय परिषद्‌मा उजुरी परेको छ । 

रुकुमको सोती घटनामा नवराज विकसहित ६ जनाको हत्या अभियोगमा संलग्नलाई जातिय छुवाछुत अभियोगमा सफाइ दिएको भन्दै न्यायाधीशहरू सोमकान्त मैनाली र मात्रिकाप्रसाद भण्डारीलाई कारबाही गर्न मागसहित नवराजका बुवा मोहनलाल विकसहित पीडित परिवारले उजुरी दिएका हुन् ।

२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको ६ जनाको हत्या अभियोगमा जिल्ला अदालत रुकुम पश्चिमले २०८० मंसिर १९ गते जातीय विभेदकै कारण  विकसहित ६ जनालाई कुटपिट गरी मारेको ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । 

२०८२ साल वैशाख १६ गते उच्च अदालत सुर्खेतले २३ जनाको जन्मकैद सदर गर्दै जातिय अभियोग कसुरमा सफाइ दिएको थियो ।

123

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप