हावाहुरीका कारण फेवातालमा पल्टिएको डुङ्गामा सवार सबैको उद्धार, एक जनाको उपचार हुँदै
वैशाख । कास्कीको पोखरा महानगरपालिका–६ लेकसाईडस्थित फेवातालमा हावाहुरीका कारण स्टयाण्डिङ्ग डबल प्याडल डुङ्गा पल्टिदा तालमा फसेका ७ जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुको उद्धार गरेको हो ।
बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण बोट तालको बिच भागमा पल्टिदा भारत घर भएका २५ वर्षिय सोनु बर्मा, २२ वर्षिया नेहा शेखावत, २१ वर्षिय अरुण चौधरी, २४ वर्षिय पुनम चौधरी, २५ वर्षिय प्रविण दिक्षित, २४ वर्षिय श्याम प्रजापति र पोखराको गुरुङ्ग गाउँ बस्ने नन्दबहादुर गुरुङ्ग फेवातालमा फसेका थिए ।
सो लगत्तै उनीहरुको उद्वारको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको गोताखोरसहितको सुरक्षा फौज खटिएको हो ।
उद्वार पश्चात नन्दबहादुर गुरुङ्गको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि गण्डकी मेडिकल कलेजतर्फ पठाइएको छ । अन्य ६ जनाको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक (डिएसपी) एवं सहप्रवक्ता शैलेन्द्र थापाले बताए । बिहीबार साँझ फेवातालमा सात जना सवार डुङ्गा पल्टिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिस्टियानो रोनाल्डोलाई नै बल पास गर्नुपर्ने कुनै दबाब छैन’
-
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी
-
रास्वपा महाधिवेशनमा खानाको मेन्यू : च्याउ, पापड, आलुदेखि खसीको मासुसम्म (तस्बिरहरू)
-
पसिना आउनु बोसो पग्लिएको संकेत हो ?
-
सौराहा भ्रमणमा प्रधानमन्त्री बालेन शाह
-
भिरमा अल्झिएको भेडागोठालाको जीवन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण