काठमाडौँ महानगरले गर्यो अस्पताललाई ५० हजार जरिवाना
काठमाडौँ । अस्पतालबाट उत्पादन भएको हानिकारक फोहोर व्यवस्थापनमा लापरबाही गरेपछि काठमाडौँ महानगरपालिकाले वसुन्धरामा रहेको बिपी स्मृति अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिकाले सो अस्पतालको फोहोर रोक्का गरेर ५० हजार रुपैयाँ जरिवाना तिर्न पत्र पठाएको हो ।
अस्पतालले फोहोर निर्मलीकरण नगरी हानिकारक फोहोर सामान्य फोहोरमा मिसाउने, अस्पताल परिसरमा दुर्गन्ध हुन्जेल फोहोर राख्ने जस्ता लापरबाही गरेको पाइएपछि जरिवानाका लागि पत्र पठाइएको जनाइएको छ ।
स्थानीयवासीले महानगरपालिकाको कल सेन्टरमा फोन गरेर अस्पतालले फोहोर व्यवस्थापन नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउन्डमा राखेर दुर्गन्ध फैलाएकोले नियन्त्रण गर्न अनुरोध गरेका थिए । सेन्टरले केस नम्बर ३४, १३५ मा गुनासो टिपेर कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभागका पठाएको थियो । गुनासोकर्ताले गत सोमबार गुनासो दर्ता गराएका थिए । त्यसलगत्तै विभागका वरिष्ठ अधिकृत सानुमैया महर्जनको नेतृत्वमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभाग र महानगर प्रहरी बलका प्रतिनिधिसहित अनुगमन गरिएको थियो ।
अस्पतालको फोहोर टोखाबाट सञ्चालित हिमालयन प्रालिले सङ्कलन गर्ने गरेको छ । ऐन बमोजिम रासायनिक फोहोरमैला, औद्योगिक फोहोर मैला, स्वास्थ्य संस्थाजन्य फोहोर मैला, जोखिमपूर्ण फोहोर मैला वा हानिकारक फोहोर मैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छातीमा नेपालको नक्साअंकित लोगो लगाएर सीमाका विषयमा विभाजित भएर बहस गर्नु दुर्भाग्यपूर्ण : नेकपा
-
बादलको आरोप– प्रधानमन्त्रीको गलत अभिव्यक्तिको बचाउमा सांसदसहित सेना पनि लाग्यो
-
पर्वतमा सन्तु नेपालीको हत्या गरी गहना लुट्ने मुख्य अभियुक्तसहित दुई जना पक्राउ
-
दरबार हत्याकाण्ड ‘उधिन्ने’ गृहमन्त्री गुरुङको घोषणाबारे के भन्छन् दलका नेताहरू ?
-
आङ्देम्बेको ‘मुर्दा लास’ र ‘चीरहरण’ शब्दप्रति रास्वपाको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
-
रामबहादुर थापाले दिए संसद् सुचारुका तीन उपाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण