असार मसान्तसम्म अनिवार्य अवकाशमा जाँदैछन् ४ सचिव र १६ सहसचिव (सूची)
काठमाडौँ । यस आर्थिक वर्ष (आगामी असार मसान्तसम्म) सचिव (विशिष्ट श्रेणी)मा कार्यरत ४ जना र सहसचिव (राजपत्राङ्कित प्रथम श्रेणी)का १६ कर्मचारी अनिवार्य अवकाशमा जाँदैछन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखाना (निजामती)का अनुसार यही आर्थिक वर्षमा सचिव र सहसचिव गरी २० जना कर्मचारी अनिवार्य अवकाशमा जान लागेका हुन् ।
किताबखानामा ‘आ.व २०८१/८२ मा अनिवार्य अवकाश हुने अनुमानित कर्मचारीहरूको नामावलीमा उपल्लो तहका २० कर्मचारी अनिवार्य अवकाशमा जान लागेको उल्लेख छ ।
प्रशासन सेवाका विनोदप्रकाश सिंह आजैबाट अवकाश भएका छन् । उनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवका रूपमा कार्यरत थिए ।
अवकाशमा जान लागेका सचिवहरूमा प्रशासन सेवाका एक, न्याय सेवाका एक, संघीय संसद् सेवाका एक र परराष्ट्र सेवाका एक जना छन् ।
किताबखानाको नामावलीमा उल्लेख भए अनुसार प्रशासन सेवाका गणेशप्रसाद पाण्डे यही वैशाख ३० गते अनिवार्य अवकाशमा जाँदैछन् । पाण्डे अहिले महालेखा नियन्त्रक कार्यालयको महालेखा नियन्त्रकमा कार्यरत छन् ।
न्याय सेवाका सचिव उदयराज सापकोटा आगामी जेठ २८ गते अनिवार्य अवकाशमा जाँदैछन् । उनी कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवका रूपमा काम गरिरहेका छन् ।
संघीय संसद् सेवाका सचिव सुदर्शन खड्का आगामी जेठ ३० गते अनिवार्य अवकाशमा जाँदैछन् । उनी अहिले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा काम गरिरहेका छन् ।
परराष्ट्र सेवाकी सचिव सेवा लम्साल आगामी असार ५ गते अनिवार्य अवकाशमा जाँदैछिन् । उनी यसअघि नै सचिवबाट राजीनामा दिएर बेल्जियमको राजदूत भएर गइसकेकी छन् ।
त्यस्तै यो आर्थिक वर्षमा अनिवार्य अवकाशमा जाने सहसचिवहरूमा प्रशासन सेवाका ८ जना, इन्जिनियरिङ सेवाका ६ जना तथा परराष्ट्र सेवा र न्याय सेवाका एक/एक जना सहसचिवहरू अनिवार्य अवकाशमा जाँदैछन् ।
- असार मसान्तसम्म अवकाशमा जान लागेका सचिव र सहसचिवहरू

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण